Kathmandu Press

तीन जना सचिवमा बढुवा

मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखा परीक्षकतर्फ रिक्त उपमहालेखा परीक्षक पदमा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई बढुवा गरेको हो।
तीन जना सचिवमा बढुवा

काठमाडौं, वैशाख ६ : सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ।

बिहीबार सिंहदरबारमा बसको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखा परीक्षकतर्फ रिक्त उपमहालेखा परीक्षक पदमा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई बढुवा गरेको हो।

Hardik ivf

उनीहरुलाई लोकसेवा आयोगको बढुवा सिफारिस समितिको सिफारिसका आधारमा बढुवा गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

तोयम राय महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त भएको सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका कायममुकायम प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको थियो।

प्रकाशित मिति: १९:११ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्