Kathmandu Press

राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घूस लिँदालिँदै पक्राउ

कैलालीको लम्कीस्थित इकाईका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घूस लिएको १ लाख २० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नियन्त्रणमा लिएको हो।
राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घूस लिँदालिँदै पक्राउ

काठमाडौं, वैशाख ६ : राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन्।

कैलालीको लम्कीस्थित इकाईका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घूस लिएको १ लाख २० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नियन्त्रणमा लिएको हो।

उनले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना आयोगले पाएको थियो। उनलाई नेपालगञ्ज–२ बाट रकमसहित नियन्त्रणमा लिइएको आयोगले बिहीबार जनाएको हाे।

प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्