Kathmandu Press

यूएईमा बाढीमा परी एक नेपालीको मृत्यु

बाढीका कारण चितवन भरतपुरका मोहन पुनको मृत्यु अवुधावीस्थित नेपाली दूतावासले जनाएको छ।
यूएईमा बाढीमा परी एक नेपालीको मृत्यु

काठमाडौं, वैशाख ६ : यूएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ।

बाढीका कारण चितवन भरतपुरका मोहन पुनको मृत्यु अवुधावीस्थित नेपाली दूतावासले जनाएको छ।

Hardik ivf

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ। उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्थे।

यूएईमा दुई दिनदेखि परेको भारी वर्षाका कारण बाढी आइरहेको छ।

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्