Kathmandu Press

सोडारी बने सुदूरपश्चिमको मुख्यमन्त्री

प्रदेश सभामा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारीले पेस गरेको दाबी सदर गर्दै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सोडारी बने सुदूरपश्चिमको मुख्यमन्त्री

कैलाली, वैशाख ६ : एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश सभामा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारीले पेस गरेको दाबी सदर गर्दै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।  

Hardik ivf

संघमा सत्ता गठबन्धनका शीर्ष नेताबीच सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि सोडारीका लागि बाटो खुलेको हो । उनलाई आफ्नै दल एकीकृत समाजवादी, एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदसहित २७ जनाको समर्थन छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र १०, एकीकृत समाजवादीका ४ सांसद छन् । तीन दलसँगै नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक सांसदको समर्थन पाएर सोडारीले बहुमत पु¥याएका हुन्।  

यसअघि विश्वासको मत नपाउने अवस्था आउँदा मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ मा पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्