Kathmandu Press

शान्तिपूर्ण विद्रोहबाटै विभिन्न क्षेत्रको सुधार सम्भव छ : स्वर्णिम वाग्ले

बिहीबार उपनिर्वाचनका सन्दर्भमा आयोजित इलाम सम्वाद कार्यक्रममा वाग्लेले अहिलेको व्यवस्थामाथि टेकेर रगत नबगाई शान्तिपूर्ण विद्रोहबाटै बिभिन्न क्षेत्रको सुधार गर्दै अघि बढ्ने बताएका हुन्।
शान्तिपूर्ण विद्रोहबाटै विभिन्न क्षेत्रको सुधार सम्भव छ : स्वर्णिम वाग्ले

काठमाडाैं, वैशाख ६ : रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाटै विभिन्न क्षेत्रको सुधार गर्दै अघि बढ्ने बताएका छन्।

बिहीबार उपनिर्वाचनका सन्दर्भमा आयोजित इलाम सम्वाद कार्यक्रममा वाग्लेले अहिलेको व्यवस्थामाथि टेकेर रगत नबगाई शान्तिपूर्ण विद्रोहबाटै बिभिन्न क्षेत्रको सुधार गर्दै अघि बढ्ने बताएका हुन्।

Hardik ivf

उनले रास्वपाको संख्या र सामथ्र्य पुगेको दिन मुलुकको प्रादेशिक ढाँचालाई परिवर्तन गरेरै छाड्ने समेत बताए। वाग्लेले रास्वपालाई सहअस्तित्व र पारस्पारिक सम्मानका आधारमा सबै नेपालीहरु अटाउने पार्टी बनाएको धारणा राखे। सामाजिक न्यायसहितको अर्थतन्त्रमा विश्वास गर्ने पार्टी रास्वपामात्रै भएको उहाले बताए।

त्यस्तै उनले साक्षरता र प्रतिव्यक्ति आय राम्रो भएको जिल्लामा इलाम पर्ने भएपनि अपेक्षित फड्को मार्न नसक्नुको कारण कुशासन भएको तर्क गरे।  

प्रकाशित मिति: १७:५२ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्