Kathmandu Press

काठमाडौं महानगरको सम्पदा यात्रा : विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड

विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज आयोजना गरिएको कार्यक्रममा विगतमा विपत्तिले सम्पदा क्षेत्रमा पारेको क्षतिबाट संरक्षणको पाठ सिक्नुपर्नेमा जाड दिइएको छ।
काठमाडौं महानगरको सम्पदा यात्रा : विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड

काठमाडौं, वैशाख ६ : काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ। 

विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज आयोजना गरिएको कार्यक्रममा विगतमा विपत्तिले सम्पदा क्षेत्रमा पारेको क्षतिबाट संरक्षणको पाठ सिक्नुपर्नेमा जाड दिइएको छ। महानगरका जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी तथा स्थानीयले सम्पदाको संरक्षण गर्नका लागि ‘विगतका घटनालाई बिर्सन नहुने’ साझा मत व्यक्त गरे। 

Hardik ivf

सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार सो अवसरमा वडा नं १५को आयोजनामा स्वयम्भू भुइँखेलमा बृहत् योग र स्वयम्भूबाट वसन्तपुरसम्मको सम्पदा पदयात्रा गरिएको थियो। बिहान ४ः३० बजे भेला भएर ६ बजेसम्म सामूहिक योग गरिएको थियो भने त्यसपछि सम्पदा पदयात्रा सुरु भएको उनको भनाइ छ।

भुइँखेलबाट सुरु भएको पदयात्रा चारा हिटी, धिमे ल्वहं, निपु हिटी (भीमसेन मन्दिर), डल्लु चौतारा, भेलु महादेव, रञ्जित मल्ल सतः घाट, तप्यँताँ, म्येछ्योँ हिटी, बुराङ्खेल, सामुदायिक (लोकेश्वर) गल्ली, आयुर्वेदिक अस्पताल, नरदेवी द्यःछेँ, पाछै गल्ली, सुन्ता गल्ली, दमाइ टोल, चस्वांद्वँ, साः (तेल मिल), बन्जाः हिटी, मिच्याः गल्ली, मरुबहि, सन्तानेश्वर महादेव, मरु हिटी हुँदै मरु गणेश पुगेर समापन भएको थियो। 

स्वस्थ्य जीवनका लागि योग र सम्पदाको पहिचान प्रवर्द्धनका लागि पदयात्रा गरिएको वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिए। 

प्रत्येक मानिससँग सम्बन्ध राख्ने संस्कृतिलाई साझा रूपमा मनाउन हरेक वर्ष अङ्ग्रेजी महिनाको अप्रिल १८ तारिखमा यो दिवस मनाउने गरिन्छ। प्राकृतिक तथा मानव सिर्जित सम्पदाको महत्वलाई प्रवर्द्धन गर्नु, पुस्तान्तरण गर्नु तथा संरक्षणका उपाय र सिकाइ आदानप्रदान गर्नु दिवस मनाउनुको मुख्य उद्देश्य हो।

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्