युभेन्ट्सका खेलाडीले पूरा गरे क्वारेन्टाइन
काठमाडौं, चैत १२ : इटालियन क्लब युभेन्ट्सका खेलाडीसहित १२१ जना स्टाफले १४ दिनको क्वारेन्टाइन पूरा गरेका छन्।
सिरी ए अन्तर्गत इन्टमिलानव....
काठमाडौं, चैत १२ : इटालियन क्लब युभेन्ट्सका खेलाडीसहित १२१ जना स्टाफले १४ दिनको क्वारेन्टाइन पूरा गरेका छन्।
सिरी ए अन्तर्गत इन्टमिलानविरुद्धको खेलमा टिमै रहेका डिफेन्डर ड्यानिअल रुगानीमा कोरोना भाइरसको संक्रमण पाइएपछि युभेन्ट्सका सम्पूर्ण खेलाडी र स्टाफ होटलमै क्वारेन्टाइनमा बसेका थिए। उनीहरूले बुधबार आइसोलेसन पूरा गरेका छन्।
युभेन्ट्सका खेलाडीसहित १२१ स्टाफले आइसोलेसन अवधि पार गरेपनि उनीहरू ४ अप्रिलसम्म घरमै क्वारेन्टाइनमा भने बस्नु पर्नेछ। आइसोलेनसमै रहेका ब्लेइस मटुइडीलाई १७ मार्चमा र पाउलो डिबालालाई २१ मार्चमा कोरोनाको संक्रमण पाइएपछि उनीहरू सबै ४ अप्रिलसम्म सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो।
कोरोनाको संक्रमण अत्यधिक भएपछि अहिले इटाली पूर्णरुपमा लक डाउनमा छ। त्यसैले खेलाडीहरूले घरमै ट्रेनिङ गर्ने युभेन्ट्सले जनाएको छ।
इन्टर मिलानसँगको खेलपछि परिवारसँग सम्पर्कमा रहेका डग्लस कोस्टा, सामी खेडिरा, गोन्जालो हिगुयन, मिरालेम पजानिक लगायतका खेलाडीको पनि परीक्षण गरिएको थियो। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ।