नेकपा एसका दीर्घ सोडारीद्वारा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस
उनले सङ्घीय समीकरणमा रहेका दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा बिहीबार दिउँसो मुख्यमन्त्रीमा दाबी परेका गरेका हुन्।
धनगढी, वैशाख ६ : नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
उनले सङ्घीय समीकरणमा रहेका दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा बिहीबार दिउँसो मुख्यमन्त्रीमा दाबी परेका गरेका हुन्।
एमालेका १०, माओवादी केन्द्र १०, नेकपा एसका चार, नाउपाका सातमध्ये दुई र स्वतन्त्रका एक गरी २७ जनाको समर्थनमा साेडारीले मुख्यमन्त्री दाबी गरेकाे जनाइउकाे छ।
यसअघि आइतबार कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनः मुख्यमन्त्रीमा दाबीका लागि प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेका थिए ।
प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार