Kathmandu Press

शिक्षाको गुणस्तर अभिवृद्धि माग गर्दै नेविसंले बुझायाे देशभरका स्थानीय तहमा ज्ञापनपत्र

आफ्नो ५५औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो।
शिक्षाको गुणस्तर अभिवृद्धि माग गर्दै नेविसंले बुझायाे देशभरका स्थानीय तहमा ज्ञापनपत्र

काठमाडाैं, वैशाख ६ : नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ।

आफ्नो ५५औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो।

Hardik ivf

सो क्रममा काठमाडौंमा नेविसंघका केन्द्रीय सदस्य विनोदराज जोशी लगाएतका विद्यार्थीहरुले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलााई ज्ञापन पत्र बुझाएका थिए।

उनीहरुले विद्यालय शिक्षालाई पूर्णरुपमा निशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट बृद्धि गर्नुपर्ने लगाएका माग राखेका छन्।

त्यस्तै ज्ञापन पत्रमा विद्यालयमा कार्यरत  कर्मचारीलाइ सरकारले तोकेको न्यूनतम परिश्रमिक भन्दा कम नहुने गरि भुक्तानी गर्नुपर्ने, बार्षिक शैक्षिक योजना बनाई  कार्यान्वयन गर्न निर्देशन दिनुपर्ने लगाएत उल्लेख गरिएको नेविसंघ केन्द्रीय सदस्य विनोदराज जोशीले बताए।

त्यस्तै १७ बुँदे माग पत्रमा प्रविधिमार्फत बालबालिकामाथि हुने उत्पीडन एवं दूव्र्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुव्र्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने लगाएत उल्लेख छ।

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्