Kathmandu Press

कोसी प्रदेशसभामा एमाले र माओवादीको संकल्प प्रस्ताव प्रस्तुत

बिहीबार बसेको प्रदेशससभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले परिमार्जनसहित दर्ता भएको संकल्प प्रस्ताव प्रस्तुत गरेका हुन्।
कोसी प्रदेशसभामा एमाले र माओवादीको संकल्प प्रस्ताव प्रस्तुत

विराटनगर, वैशाख ६ : कोसी प्रदेशसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संकल्प प्रस्ताव प्रस्तुत भएको छ।

बिहीबार बसेको प्रदेशससभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले परिमार्जनसहित दर्ता भएको संकल्प प्रस्ताव प्रस्तुत गरेका हुन्।

Hardik ivf

संकल्प प्रस्तावमा एमाले र माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा मूख्यमन्त्री केदार कार्कीलाई आफै माथीको विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन निर्देशन दिइयोस् भन्ने उल्लेख छ ।

त्यस्तै बहुमत सदस्यको समर्थन फिर्ता भइसकेको परिस्थीतिमा सरकारको नियमित कार्य बाहेक दीर्घकालीन महत्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गर्नुपर्ने समेत प्रस्तावमा उल्लेख छ।

बैकल्पिक सरकारका लागि मार्ग प्रसस्त नगरेमा, विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा संविधान बमोजिम नयाँ बैकल्पिक सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न कोशी प्रदेशसभा सचिवालयलाई निर्देशन दिने पनि प्रस्तावमा उल्लेख छ ।

संकल्प प्रस्ताव पेश गर्दै भण्डारीले संविधानको धारा १८८ बाट भाग्न नपाउने भन्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । उहाले संकल्प प्रस्तावमाथि छलफल हुँदै गर्दा मुख्यमन्त्रीले राजीनामा दिने विश्वास व्यक्त गरे।

संकल्प प्रस्तावलाई माओवादीका सांसद गणेश उप्रेती र एमालेका सांसद किशोरचन्द्र दुलालले समर्थन गरेका छन् । संकल्पप्रस्तावमाथि अर्को बैठकमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्