Kathmandu Press

रामहरी श्रेष्ठको हत्या प्रकरण : खामलाई राजनीतिक आवरणमा उन्मुक्ति नदिन परिवारकाे आग्रह

सो क्रममा रमिला श्रेष्ठले खाम पक्राउ परेपछि धम्की आएको भन्दै आवश्यक सुरक्षाको प्रवन्ध गर्न आग्रह गरे। भेटका क्रममा गृहमन्त्री लामिछानलेले पद र ओहोदाका कारण कसैले छुट नपाउने स्पष्ट पारे।
रामहरी श्रेष्ठको हत्या प्रकरण : खामलाई राजनीतिक आवरणमा उन्मुक्ति नदिन परिवारकाे आग्रह

काठमाडाैं, वैशाख ६ : कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोग लागेका कालीबहादुर खामलाई राजनीतिक आवरणमा उन्मुक्ति नदिन श्रेष्ठका परिवारले गृहमन्त्रीसमक्ष आग्रह गरेका छन्।

रामहरी श्रेष्ठकी पत्नीले रमिला श्रेष्ठ र छोरा रोहन श्रेष्ठले बिहीबार गृहमन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर पतिको हत्या अभियोग लागेका खामलाई पक्राउ गरि पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएपछि न्याय पाउनेमा आशा जागेको भन्दै राजनीतिक आवरणमा उन्मुक्ति नदिन आग्रह गरेका हुन्।

Hardik ivf

सो क्रममा रमिला श्रेष्ठले खाम पक्राउ परेपछि धम्की आएको भन्दै आवश्यक सुरक्षाको प्रवन्ध गर्न आग्रह गरे। भेटका क्रममा गृहमन्त्री लामिछानले पद र ओहोदाका कारण कसैले छुट नपाउने स्पष्ट पारे।

उनले कानुनभन्दा माथि कोही नभएको भन्दै सबैलाई कानुनअनुरुप कारबाही हुने स्पष्ट पारे। लामिछानेले न्यायलयमाथि कसैले प्रश्न उठाउन नमिल्ने भन्दै अनुसन्धान र अदालतमा मुद्दा चलाउँदा कमिकमजोरी हुन नदिने बताए।

भेटका क्रममा रामहरी श्रेष्ठका छोरा रोहन श्रेष्ठले राजनीतिक आवरणमा उन्मुक्ति दिएका घटनाहरु धेरै रहेकाले यो मुद्दामा यस्तो हुन नदिन आग्रह गरे। २०६५ साल वैशाख १५ गते व्यवसायी रामहरी श्रेष्ठको हत्या भएको थियो। श्रेष्ठको हत्याका प्रमुख योजनाकार भनिएका १५ वर्षदेखि फरार कालीबहादुुर खामलाई गत चैत २० गते ठमेल क्षेत्रबाट पक्राउ गरिएको थियो। 

प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्