Kathmandu Press

प्रदेश प्रमुखहरूले संविधानविपरीत काम गरेको कांग्रेसकाे निष्कर्ष

सत्ता गठबन्धनसँग असन्तुष्ट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेकाे भाेलिपल्ट देउवाले शीर्ष नेताहरूलाई बोलाएर छलफल गरेका हुन्।
प्रदेश प्रमुखहरूले संविधानविपरीत काम गरेको कांग्रेसकाे निष्कर्ष

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखहरूले संविधानविपरीत काम गरेको निष्कर्ष निकालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले त्यस्ताे निष्कर्ष निकालेकाे हाे।

सत्ता गठबन्धनसँग असन्तुष्ट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेकाे भाेलिपल्ट देउवाले शीर्ष नेताहरूलाई बोलाएर छलफल गरेका हुन्। बैठकबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रदेशमा संवैधानिक व्यवस्थालाई मिचेर काम भइरहेको विषयमा छलफल भएकाे बताए।  

Hardik ivf

‘प्रदेश प्रमुखले संवैधानिक व्यवस्था विपरीत काम गरिरहेका छन् । अदालतको मानहानि गरिरहेका छन् । यस विषयमा प्रदेशका साथीहरूले बिफ्रिङ गर्नुभएको थियो,’ उनले भने, ‘त्यसको प्रतिवाद गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको छ ।’

सभामुखलाई गणना गरी एमालेका खगराज अधिकारीले दाबी पेस गर्दा गण्डकी प्रदेशमा प्रदेश प्रमुख शीवराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।  उक्त कदमविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ। यसैगरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले बहुमतसहित दाबी पेस गर्दा पनि प्रदेश प्रमुख नजिर मियाँले अस्वीकार गरेर असंवैधानिक काम गरेको महतले बताए।

प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्