Kathmandu Press

मधेसमा माओवादीबाट दुई र नेकपा एसबाट एकजना मन्त्री बन्दै

उनले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी तीन मन्त्री नियुक्त गर्न लागेको बताइएकाे छ।
मधेसमा माओवादीबाट दुई र नेकपा एसबाट एकजना मन्त्री बन्दै
Hardik ivf

जनकपुरधाम, वैशाख ६ : मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। उनले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी तीन मन्त्री नियुक्त गर्न लागेको बताइएकाे छ।

माओवादी केन्द्रबाट संसदीय दलका नेता भरतप्रसाद साह र युवराज भट्टराई तथा नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको हो। मुख्यमन्त्रीको सचिवालयका अनुसार आजै शपथ ग्रहणको तयारी छ।

मधेस सरकारमा ११ मन्त्रालय छन्। मुख्यमन्त्रीसहित जनता समाजवादी पार्टी (जसपा) का ४, एमालेका ४, एकीकृत समाजवादी र माओवादी केन्द्रका १/१ मन्त्रालय छन्।

प्रकाशित मिति: १४:४४ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्