Kathmandu Press

लुम्बिनीमा नेकपा एसकी भगवती अधिकारी थपेपछि बन्याे ११ सदस्यीय मन्त्रिपरिषद

महाराले आज एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टी (नउपा) बाट एक र स्वतन्त्रबाट एक मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
लुम्बिनीमा नेकपा एसकी भगवती अधिकारी थपेपछि बन्याे ११ सदस्यीय मन्त्रिपरिषद
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले एक दिनमै २ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

महाराले आज एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टी (नउपा) बाट एक, र स्वतन्त्रबाट एक मन्त्री थपेर बिहान मन्त्रिपरिषद् विस्तार गरेका थिए। दिउँसाे फेरि नेकपा एसकी भगवती अधिकारी थपिएकी हुन्।

अब मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ। आज थपिएका सहित ७ जना नै बिना विभागीय छन्। सबैले आजै पद तथा गाेपनीयताकाे शपथ लिँदैछन्।

यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका  दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। अरू मन्त्रालयकाे जिम्मेवारी अहिले मुख्मन्त्री महराकै काँधमा छ। 

lumbini-cabinet-1713428008.jpg

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्