Kathmandu Press

राष्ट्रियसभा सदस्यमा डा. शाक्य नियुक्त

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रियसभा सदस्यमा डा. शाक्य नियुक्त
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ६ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्यलाई मनोनीत गरेका छन्। 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा.शाक्यलाई मनोनित गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। 

नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनित गर्ने व्यवस्था छ।
 

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्