Kathmandu Press

रुसी सेनामा भर्ती भएकाका आफन्तले गरे प्रदर्शन

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगाएतका माग राख्दै उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए।
रुसी सेनामा भर्ती भएकाका आफन्तले गरे प्रदर्शन

काठमाडाैं, वैशाख ६ ः रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरुले बिहीबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन्।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगाएतका माग राख्दै उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए।

Hardik ivf

उनीहरुले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले केहीलाई पक्राउ गरेको थियो। उनीहरुले विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए।

रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरुले लगातार सरकारको ध्यानाकर्षण गराउदै आएका छन्। 

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्