Kathmandu Press

सुदूरपश्चिममा नेकपा एसलाई सघाउन कांग्रेस तयार

दुई नेताबीचको छलफलमा सभापति देउवाले सोडारीलाई एमालेले समर्थन नगरेको अवस्थामा कांग्रेसले समर्थन गर्ने बताएका थिए।
सुदूरपश्चिममा नेकपा एसलाई सघाउन कांग्रेस तयार

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार देखिएको छ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच कांग्रेस नेता डा.नारायण खड्का निवासमा भएको भेटवार्तापछि मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीलाई सघाउन तयार भएको हो।

देउवा र नेपालबीच पौने एक घण्टा प्रदेश सरकार निर्माणका विषयमा छलफल भएको थियो। जसमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षले पनि साथ दिने बुझिएको छ।

Hardik ivf

सत्ता गठबन्धनमा सहमति भएअनुसार नेकपा एसले मूख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अघि सारेको छ। तर, सोडारीलाई एमालेले समर्थन नगर्ने बताएको छ।

दुई नेताबीचको छलफलमा सभापति देउवाले सोडारीलाई एमालेले समर्थन नगरेको अवस्थामा कांग्रेसले समर्थन गर्ने बताएका थिए।

सुदुरपश्चिमलगायत अन्य प्रदेश सरकारका विषयमा देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेता एवम कानुनविदहरुसँग छलफल गरेका छन्।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

देउवा र नेपालीबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माण साथै वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भइरहेको हो।

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिँदैछ।

प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्