Kathmandu Press

सिटीलाई पेनाल्टीमा हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

बुधबार राति इत्तिहाद रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ले पराजित गर्दै रियल सेमिफाइनलमा पुगेको हो।
सिटीलाई पेनाल्टीमा हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा
Hardik ivfHardik ivf

काठमाडाैं, वैशाख ६ : स्पेनिस जायन्ट रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति इत्तिहाद रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ले पराजित गर्दै रियल सेमिफाइनलमा पुगेको हो।

क्वाटरफाइलनको पहिलो लेग ३–३को बराबरीमा सकिएको थियो भने बुधबार राति भएको दोस्रो लिगको निर्धारित समय १–१को बराबरीमा सकिएको थियो। खेल ४–४को बराबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो। थप गरिएको समयमा पनि दुवै टिमबाट गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो।

पेनाल्टी सुटआउटमा रियलका किपर लुनिन नायक बने। उनले सिटीका बर्नार्डो शिल्भा र माटेयो कोभासिसको पेनाल्टी बचाए। उसका सिटीका लागि जुलियन अल्भारेज, फिल फोडेन र एडर्सनले मात्र गोल गरे।

रियलका जुड बेलिङ्घहम, लुकास भजक्वेज, नाचो फर्नान्डेज र एन्टोनी रुडिगरले पेनाल्टीमा गोल गरे। लुका मोड्रिचके प्रहार भने सिटीका गोलकिपर एडर्सनले बचाएका थिए।

इत्तिहादमा अग्रता भने रियलले लियो। १२औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए। ७६औं मिनेटमा सिटीका केभिन डे ब्रुएनाले बराबरी गोल गरे। त्यसपछि भने खेलमा गोल हुन सकेन।

रियलले अब सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्नेछ। बार्यन आर्सनललाई दोस्रो लेगमा १–०ले हराउँदै सेमिफाइनल पुगेको हो। पहिलो लेग २–२को बराबरीमा सकिएको थियो।

प्रकाशित मिति: १०:५१ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्