Kathmandu Press

देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक

सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्।
देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्। बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन्।

सभापति देउवाको आह्वानमा आकस्मिकरुपमा बैठक बसेको एक नेताले जानकारी दिए। कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेटेर बैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो।

बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए।

 

प्रकाशित मिति: १०:३६ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्