Kathmandu Press

आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह

उनले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी रहेको बताए।
आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह
फाइल तस्बिर।
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१५ वडा एकाइले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी रहेको बताए।

‘कांग्रेसले विभिन्न समयमा मुलुकमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गरेको छ, अब राजनीतिक र आर्थिक विकासको नेतृत्व कांग्रेसले गर्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: २१:१० बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्