आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह
उनले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी रहेको बताए।
काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१५ वडा एकाइले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी रहेको बताए।
‘कांग्रेसले विभिन्न समयमा मुलुकमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गरेको छ, अब राजनीतिक र आर्थिक विकासको नेतृत्व कांग्रेसले गर्नुपर्छ,’ उनले भने।
प्रकाशित मिति: २१:१० बजे, बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












