Kathmandu Press

कोरोना फैलिन नदिन सडक सरसफाइलाई तीव्र पार्दै काठमाडाैं महानगर    

काठमाडौं, चैत १२ : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रको सरसफाइको कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ।

विश्वव्यापी महामारीका ....

कोरोना फैलिन नदिन सडक सरसफाइलाई तीव्र पार्दै काठमाडाैं महानगर    

काठमाडौं, चैत १२ : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रको सरसफाइको कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले चैत ११ गतेदेखि एक साताका लागि ‘लक डाउन’ हुनेगरी दिएको निर्देशनको पूर्ण पालना गर्दै काठमाडौं महानगरपालिकाले सरसफाइको कामलाई तीव्रता दिएको हो।

Hardik ivf

महानगरपालिकाका ३२ वटै वडामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्दै आएको महानगरपालिकाले बुधबारबाट काठमाडौं महानगपालिका क्षेत्रभित्रका सडक पानी ट्याङ्की र ब्रुमरमार्फत सरसफाइ गर्ने कामलाई तीव्रता दिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

उनले ‘लकडाउन’ को समयमा महानगर क्षेत्रभित्र फोहर थुप्रिने र सडक फोहोर हुने अवस्था आयो भने कोरोना भाइसरको संक्रमण अझ छिटो फैलिन सक्ने भएकाले त्यसको न्यूनीकरणका लागि सरसफाइको कामलाई तीव्रता दिएको बताए। उनले सकेसम्म दैनिक रुपमा उत्पादन हुने र व्यवस्थापन गर्न सकिने फोहरलाई घर–घरमै व्यवस्थापन गर्ने व्यवस्था मिलाउन आग्रह समेत गरे।  महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा पानीट्याङ्कीबाट पानी हालेर र ब्रुमरको प्रयोगबाट सरसफाइको काम निरन्तर अघि बढेको उनको भनाइ छ।
 
‘लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सबै जनप्रतिनिधिहरूका फोन नम्बरहरू सार्वजनिक गरेका छौँ। ती फोन नम्बरहरुमा सम्पर्क गर्न अनुरोध छ,’ प्रमुख शाक्यले भने, ‘काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा ९१०२० लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखेको छ।'

काठमाडौं महानगरको टोलफ्री नम्बर ११८० लाई २४ सैं घण्टा सञ्चालनमा ल्याइएको छ। कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको टोल फ्री नम्बर ११८० तथा अन्य सिधा सम्पर्क नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा खबर दिने चतथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ।

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि टोली नै बनाएर सरसफाइको कामलाई तीव्र रुपमा अघि बढाएको बताए।  ‘बालाजु, नयाँ बजार, लैनचौर, दरबारमार्ग, बल्खु, कुलेश्वर, कालीमाटी, नयाँ बानेश्वरलगायतका क्षेत्रका सडकमा चार वटा पानीट्याङ्की र चार वटा ब्रुमरको प्रयोगबाट सरसफाइ गर्ने कामलाई तीव्रता दिएका छौँ,’ नगर प्रहरी महाशाखा प्रमुख सापकोटाले भने,  ‘यो कामलाई हामी निरन्तरता दिन्छौँ।’

प्रकाशित मिति: १३:४० बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्