Kathmandu Press

गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो मशाल जुलुस

सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रसस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मशाल जुलुससहित प्रदर्शन गरेको हो।
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो मशाल जुलुस
फाइल तस्बिर।

काठमाडाैं, वैशाख ५ : उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ(नेविसंघ)ले प्रदर्शन गरेको छ ।

सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रसस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मशाल जुलुससहित प्रदर्शन गरेको हो।

Hardik ivf

प्रदर्शनका क्रममा उनीहरूले रवि लामिछानेको पुत्ला दहन समेत गरेका छन्। उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी गठीको अनुसन्धान गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानविन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरुलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए।

नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन्। नेविसंघको प्रदर्शनमा प्रहरीले हस्ताक्षेप गर्दै केहीलाई पक्राउ पनि गरेका छ।

प्रकाशित मिति: १९:१४ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्