Kathmandu Press

नेकपा एसकाे महाधिवेशन एक महिनापछि सर्‍यो

बुधबार बसेको सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन असार १६ देखि २० गते काठमाडौंमा गर्ने निर्णय गरेको हो।
नेकपा एसकाे महाधिवेशन एक महिनापछि सर्‍यो
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ५ : नेकपा एकीकृत समाजवादीले जेठमा गर्ने भनिएको पार्टीको १० औं महाधिवेशन एक महिना पर सार्ने निर्णय गरेको छ।

बुधबार बसेको सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन असार १६ देखि २० गते काठमाडौंमा गर्ने निर्णय गरेको हो।

आन्तरिक तयारी नपुगेको र संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गरी महाधिवेशन केही समय सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई अघि सार्ने निर्णय गरिएको उनले बताए। प्रवक्ता खतिवडाले सत्ता गठबन्धनमा आफ्नो पार्टीले बार्गेनिङ नगरेको भन्दै यसअघि भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा पार्टीको जोड दिएको बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीले आलोपालो प्रधानमन्त्री खाने बार्गेनिङ गर्दै नयाँ सत्ता समिकरण बनाएको आरोप पनि लगाए।

प्रवक्ता खतिवडाले सहकार्यमा विश्वासको आधारमा हिडेको पार्टीलाई गठबन्धनका दलहरुले कुठाराघात गरेको भन्दै जस्तो व्यवहार हुन्छ त्यस्तै जवाफ दिने स्पष्ट पारे।

उनले विगतमा कागजमा लेखिएका कुराहरुमा धोका भएको र च्यातिएको इतिहास रहेकाले कागजलाई एकातिर राखेर अवदेखि हिड्ने चालको गन्ती गर्न चूनौति दिए।

प्रकाशित मिति: १८:४९ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्