Kathmandu Press

विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव

रामनवमीको अवसरमा हिन्दु समुदायले निकालेको ¥याली मुस्लिम समुदायको बस्ती हुँदै अगाडी बढ्नेक्रममा झडपको स्थिति उत्पन्न भएको हो।
विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव
Hardik ivfHardik ivf

माेरङ, वैशाख ५ : मोरङको विराटनगरस्थित रानीमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएको छ।

रामनवमीको अवसरमा हिन्दु समुदायले निकालेको ¥याली मुस्लिम समुदायको बस्ती हुँदै अगाडी बढ्नेक्रममा झडपको स्थिति उत्पन्न भएको हो। मुस्लिम समुदायले र्‍याली रोक्न खोजेपछि झडप भएको बताइएको छ।

प्रहरीले झडप नियन्त्रणमा लिन अश्रुग्यास र हवाइ फायर गरेको छ। झडपमा ९ जना घाइते भएको बताइएको छ।

अहिले स्थिति सामान्य बन्दै गएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १८:४१ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्