Kathmandu Press

युवा पलायनभन्दा उनीहरूले नेपालीपन बिर्सनु डरलाग्दो हो : गगन थापा

निराशा चिर्न र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने समय आएको उनले बताए। थापाले अहिलेको पुस्तामा नेताहरुले नै देश सखाप र बर्बाद पा¥यो भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै आजको नेतृत्व जिम्मेवार हुनुपर्ने बताए।
युवा पलायनभन्दा उनीहरूले नेपालीपन बिर्सनु डरलाग्दो हो : गगन थापा

काठमाडौं, वैशाख ५ : नोपली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरूको विदेश पलायनभन्दा उनीहरूले नेपालीपन बिर्सने स्थित डरलाग्दो भएको बताएका छन्।

बुधाबर नयाँ बानेश्वरमा शताब्दी पुरुष गणेशबहादुर बस्नेतलाई अभिनन्दन गर्न आयोजित कार्यक्रम महामन्त्री थापाले युवा पलायन स्वभाविक भएपनि नेपालीपन विर्सन नहुने बताए। उनले नेपालीहरु विस्तारै आफ्नो अस्तित्व र प्रतिष्ठासँग भाग्न थालेका टिप्पणी गरेका छन्।

Hardik ivf

‘हाम्रा केटाकेटीहरु देश छोडेर जान लागे भन्ने कुरा डरलाग्दो होइन, किनकि हाम्रा बाहरु अवसर खोज्नकै लागि सोलुखुम्बुबाट काठमाडौं आएका थिए भने हाम्रा दाजुभाई दिदीबहिनीहरु पनि अवसर खोज्न पखेटा लगाउने नै भए नि,’ उनले भने, ‘तर यो माटोसँग, यो जमिनसँग, यो हाम्रो आफ्नो ठाउँसँग अस्तित्वसँग, प्रतिष्ठासँग मान्छेहरु विस्तारै भाग्न थालेका छन्, त्यो गम्भीर छ।’

निराशा चिर्न र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने समय आएको उनले बताए। थापाले अहिलेको पुस्तामा नेताहरुले नै देश सखाप र बर्बाद पा¥यो भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै आजको नेतृत्व जिम्मेवार हुनुपर्ने बताए।

‘अहिलेको अवस्थामा टेलिभिजनमा नेतालाई हेरेर सबै सखाप पा¥यो, सबै वर्वाद भयो भन्ने भाष्य निर्माण गर्न थालिएको छ। जनताबाट अनुमोदित हुँदै आउने जोकोहीलाई शक्ति प्राप्त हुन्छ,’ उनले भने, ‘त्यो शक्तिलाई नडराइकन, नबिराइकन नचुकीकन जिम्मेवारी निर्वाह गर्नु आजको मुख्य आवश्यकता हो। यस्तो एकमात्र नेता गणेशबहादुर बस्नेतले गरेका छन्।’

नयाँ पुस्ताका मानिसलाई बस्नेतजस्ता व्यक्तित्वका जीवनी, लेख र पुस्तक निकालेर बताउनुपर्ने भनाइ थापाले राखे।

प्रकाशित मिति: १७:५७ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्