Kathmandu Press

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन् : राजेन्द्र महतो

एकल चिन्तन सोचबाट देशको शासन र संविधान चलेको अवस्थामा क्रान्ति आवश्यक भएको उनले बताए। उनले नेपालमा क्रान्तिको अवाश्यकता अझै पनि भएको बताए।
हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन् : राजेन्द्र महतो

काठमाडौं, वैशाख ५ : राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म पुग्न नसकेको भन्दै फेरि नयाँ क्रान्तिको आवश्यकता भएको बताएका छन्।

राजधानीमा बुधबार आफ्नो पुस्तक ‘अधुरा क्रान्ति, संघर्ष मातृभूमिका लागि’ विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अहिलेसम्म भएका सबै आन्दोलन अधुरो नै रहेको दाबी गरे।

Hardik ivf

एकल चिन्तन सोचबाट देशको शासन र संविधान चलेको अवस्थामा क्रान्ति आवश्यक भएको उनले बताए। उनले नेपालमा क्रान्तिको अवाश्यकता अझै पनि भएको बताए।

‘नेपालमा जति पनि परिवर्तनका लागि आन्दोलन संघर्ष भए, क्रान्ति भए त्यो कुनै पनि क्रान्ति र संघर्षले पीडामा परेको जनतालाई न्याय दिन सकेन। त्यो आन्दोलनको लक्ष्य पूरा भएको महसुस भएको छैन। यस अर्थमा नेपालमा क्रान्तिको आवश्यकता अझै पनि छ,’ उनले भने, ‘एकल चिन्तन सोचबाट देशको शासन र संविधान बनाउने, आफ्नो हातले आफ्नै पिठ थपथपाउने, अनि सबै भइसक्यो भन्ने यो अवस्थामा फेरि पनि क्रान्तिको आवश्यकता छ।’

उनले आफ्नो पुस्तक उत्पीडित जनताले भोगेका उत्पीडनको पुलिन्दा भएको बताए। अहिलेसम्म जति क्रान्ति भए त्यो सबै अधुरा भएको कारणले पनि आफ्नो पुस्तकको नाम ‘अधुरा क्रान्ति’ भएको उनको भनाइ छ।

उनले यो पुस्तक सात वर्ष लामो यात्रा गरेर आज यहाँ आइपुगेको भन्दै लेखनमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरे।

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्