Kathmandu Press

गण्डकी प्रदेश सभा अधिवेशन बोलाइएको प्रति कांग्रेसको आपत्ति

प्रदेश प्रमुखले प्रदेशसभा आव्हान गरेलगत्तै कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री पाण्डेले सर्वोेच्च अदालतको अपहेलना हुनेगरी प्रदेस सभा बैठक आव्हान गरिएको बताएका छन्। प्रदेस सभा बैठक आव्हान गर्नु गैरजिम्मवार कदम भएको उनले उल्लेख गरेका छन्।
गण्डकी प्रदेश सभा अधिवेशन बोलाइएको प्रति कांग्रेसको आपत्ति

कास्की, वैशाख ५ : गण्डकी प्रदेश सभाको बैठक बोलाइएप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। मुख्यमन्त्री नियुक्तीको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचारधीन रहेको अवस्थामा प्रदेशसभा बैठक बोलाउनु गलत भएको कांग्रेसले जनाएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार दिउँसो प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ प्रदेस सभा अधिवेशन आव्हान गरेका थिए।

Hardik ivf

प्रदेश प्रमुखले प्रदेशसभा आव्हान गरेलगत्तै कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री पाण्डेले सर्वोेच्च अदालतको अपहेलना हुनेगरी प्रदेस सभा बैठक आव्हान गरिएको बताएका छन्। प्रदेस सभा बैठक आव्हान गर्नु गैरजिम्मवार कदम भएको उनले उल्लेख गरेका छन्।

‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई बेवास्था गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो। यसप्रति हाम्रो गम्भीर असहमति छ,’ पाण्डेले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

गण्डकीमा सभामुखको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि पाण्डे त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले गण्डकी सरकारलाई मुद्दाको टुङ्गो नलाग्दासम्म कुनै पनि दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

मुद्दाको पेशी वैशाख १० गतेलाई तोकिएको छ।

प्रकाशित मिति: १६:५५ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्