Kathmandu Press

टिआरसी विधेयक संशोधन गर्न समिति गठन गर्नुपर्ने द्वन्द्वपीडितको माग

द्वन्द्वपीडित संघर्ष समितिले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै अब पनि कुनै समिति गठन नभए आन्दोलन चर्काउनले उनीहरुको चेतावनी छ।
टिआरसी विधेयक संशोधन गर्न समिति गठन गर्नुपर्ने द्वन्द्वपीडितको माग

काठमाडौं, वैशाख ५: द्वन्द्वपीडित समूदायले संसदमा पेस भएको संक्रमणकालीन न्याय (टिआरसी)सँग सम्बन्धित विधेयक संशोधन गर्न माग गरेका छन्।

बुधबार काठमाडौंमा ‘द्धन्द्धकालिन मुद्दाहरुमा लैंगिक सरोकारलाई सम्बोधन गर्ने सम्बन्धमा संचारमाध्यमको भूमिका’ विषयक छलफल कार्यक्रमा द्वन्द्वपीडित समूदायका संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसोधन गर्न आयोग गठनको प्रत्रिया अगाडि बढाउन माग गरेका हुन्।

Hardik ivf

‘सर्वोच्च अदालतले माघ १५ गते जारी गरेको आदेशलाई समेत आफूअनुकूल हुनेगरी बुझ्ने एंव अपव्याख्या गर्ने क्रम दोहोरिएको छ। आदेशको मनसाय तत्काल ऐन संशोधन गरेर विश्वसनी सिफारिस समिति गठन गर्नु भन्ने नै हो। सम्पूर्ण द्वन्द्वपीडित संस्थाहरूको मनसाय तत्काल आम द्वन्द्वपीडितहरुका सवाल यथाशीघ्र जिम्मेवार भएर राज्यले सम्बोधन गरोस्’, द्वन्द्वपीडित समूदायका संस्थाहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

द्वन्द्वपीडित संघर्ष समितिले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै अब पनि कुनै समिति गठन नभए आन्दोलन चर्काउनले उनीहरुको चेतावनी छ।

केही समययता द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था लगायत द्वन्द्वपीडित परिवारका सदस्यहरुले टिआरसीसँग सम्बन्धित विधेयकको विरोध गर्दै आएका छन्।

प्रकाशित मिति: १५:५९ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्