हाम्रो नयाँ कृषि सहकारी रकम अपचलन उजुरीमा मुद्दा नचल्ने निर्णय
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को राय अनुसार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको हो।
काठमाडौं, वैशाख ५ : जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका सञ्चालकहरूविरुद्ध मुद्दा नचलाउने निर्णय लिएपछि पक्राउ परेका व्यक्ति रिहा भएका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को राय अनुसार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको हो।
सहकारी अपचलनमा संलग्नले अपचलन गरेको रकम फिर्ता गरेपछि मुद्दा चलाउने प्रयोजन समाप्त भएको निर्णय सरकारी वकीलले लिएको छ।
उक्त निर्णयसँगै पक्राउ परेका हाम्रो नयाँ कृषि सहकारी उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक नविन अछामी थुनामुक्त भएका छन्।
प्रकाशित मिति: १५:४० बजे, बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












