Kathmandu Press

समाजवादीले मुख्यमन्त्रीमा सोडारीलाई अगाडि बढाउने

बुधबार बसेको बैठकले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको हो।
समाजवादीले मुख्यमन्त्रीमा सोडारीलाई अगाडि बढाउने

काठमाडौं, वैशाख ५ : एमाले सुदुरपश्चिमका नेताहरुको असहमतीकाविच नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय लिएको छ।

बुधबार बसेको बैठकले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको हो। अहिलेसम्म सत्ता गठबन्धनभित्रै रहेका दलहरुबीच मुख्यमन्त्रीबारे एकमत हुन सकेको छैन।

Hardik ivf

यसअघि नागरिक उन्मुक्ति पार्टीलाई मुख्मयन्त्री दिने निर्णय भए पनि पछि निर्णय परिवर्तन गर्दै सत्ता साझेदारीविच एकीकृत समाजावादीलाई दिने निर्णय भएको थियो।

नाउपामा रेशम र रञ्जिता पक्ष विभाजित रहेकै बेला एमालेको अडानले सोडारीले समर्थन पाउने अनिश्चितता देखिएको छ।

 

 

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्