Kathmandu Press

एमालेले समाजवादीका सोडारीलाई अस्विकार गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा थप उल्झन

सुदुरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन बुधबार माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबीच केन्द्रमा समझदारी बने पनि प्रदेशका नेताहरुले स्विकार्न आनाकानी गरेपछि मुख्यमन्त्री नियुक्ति प्रकरण थप पेचिलो बन्न पुगेको छ।
एमालेले समाजवादीका सोडारीलाई अस्विकार गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा थप उल्झन

धनगढी, वैशाख ५ : सुदुरपश्चिममा सत्ता घटक एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई स्वीकार नगर्ने बताएपछि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा उल्झन देखिएको छ।

एमाले सुदुरपश्चिमका नेताहरु सोेडारीलाई स्विकार्न नसकिने अडानमा छन्। यस्का कारण मुख्यमन्त्री पदमा अहिलेसम्म सोडारीले दाबी पेस गर्न सकेका छैनन्।

Hardik ivf

सुदुरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन बुधबार माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबीच केन्द्रमा समझदारी बने पनि प्रदेशका नेताहरुले स्विकार्न आनाकानी गरेपछि मुख्यमन्त्री नियुक्ति प्रकरण थप पेचिलो बन्न पुगेको छ। सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दलहरूलाई बिहीबारसम्म दाबी पेस गर्न समय दिएका छन्।

एमाले सुदुपश्चिमका नेताहरुले सोडारी बाहेक अरु नै मुख्यमन्त्री हुनुपर्ने अडान लिएका छन्। एमालेका सांसदका कारण समस्या उत्पन्न भएपछि सुदूरपश्चिम माओवादी, एकीकृत समाजवादीलगायत नेताहरुले केन्द्रमा संपर्क गरी प्रधानमन्त्रीसहित शीर्ष तहमा कुरा गरेर समस्या समाधान गर्न आग्रह गरेको जनाइएको छ।

सुदूरपश्चिमका नेताहरु यतिबेला केन्द्रको निर्देशन पर्खेर बसेका छन्।

प्रकाशित मिति: १५:२० बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्