Kathmandu Press

गण्डकी प्रदेशसभा अधिवेशन आव्हान

प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आव्हान गरेका छन्।
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
Hardik ivfHardik ivf

कास्की, वैशाख ५ : गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आव्हान गरेका छन्।

सरकारको सिफारिस बमोजित प्रदेश प्रमुख भट्टले प्रदेश अधिवेशन आव्हान गरेका हुन्। सरकारले मंगलबार मात्र प्रदेशसभाको अधिवेशन ७ गतेका लागि बोलाउन सिफारिस गरेको थियो।

आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन्। सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो।

प्रकाशित मिति: १४:३५ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्