Kathmandu Press

समाजवादीको सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्न सुझाव

महाधिवेशनका लागि तयार हुँदैगरेको विधान प्रतिवदेनमा वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचित हुनुपर्ने र पार्टीको केन्द्रीय तहमा ४० वर्षमुनिका २० प्रतिशत युवाको सहभागिता गराउने विषयलाई महत्व दिइएको सचिव जीवनराम श्रेष्ठले बताएका छन्।
समाजवादीको सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्न सुझाव

काठमाडौं, वैशाख ५ : नेकपा एकीकृत समाजवादीमा संगठनका सबैतहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो हुँदै गएको छ।

आगामी महाधिवेशनमा प्रस्तुत गर्न स्थानीय तहबाट केन्द्रमा पठाइएका प्रतिवेदनहरुमा निर्वाचित नेतृत्वको पक्षमा मत जाहेर गरिएको छ।

Hardik ivf

महाधिवेशनका लागि तयार हुँदैगरेको विधान प्रतिवदेनमा वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचित हुनुपर्ने र पार्टीको केन्द्रीय तहमा ४० वर्षमुनिका २० प्रतिशत युवाको सहभागिता गराउने विषयलाई महत्व दिइएको सचिव जीवनराम श्रेष्ठले बताएका छन्।

समाजवादीका सबै जिल्ला कमिटीले सांगठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएकका छन्। आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका संगठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएका छन्।

स्थानीय तहबाट आएका सुझाव र विवरणको विस्तृत अध्ययन गरिएपछि यही वैशाख अन्तिम साताभित्र महाधिवेशन प्रतिनिधि चयन गरिने सो पार्टी जनाएको छ।

एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुने छ।

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्