Kathmandu Press

उपनिर्वाचनको मतपत्र जिल्ला पठाइयो

इलाम क्षेत्र नम्बर, २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा ६८ हजार मतपत्र छपाई गरी सम्बन्धित पठाइएको आयोगले जनाएको छ।
उपनिर्वाचनको मतपत्र जिल्ला पठाइयो
Hardik ivf

काठमाडौं, वैशाख ५ : आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि निर्वाचनआयोगले इलाम क्षेत्र नम्बर, २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ।

इलाम क्षेत्र नम्बर, २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा ६८ हजार मतपत्र छपाई गरी सम्बन्धित पठाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार मतदाता संख्या भन्दा १० प्रतिशत बढी मतपत्र पठाइएको आयोगले जनाएको छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापिएका थिए । इलाम, २ र बझाङ प्रदेश सभा, १ मा विभिन्न दलका उम्मेदवारले चुनावी प्रचार तिब्र पारेका छन्।

प्रकाशित मिति: १२:५६ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्