गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा
सरकारलाई कामचलाउ भन्दै दीर्घकालीन प्रकृृतिका कार्य नगर्न आदेश दिएको अवस्थामा कार्यकारी अधिकार प्रयोग गरि नियुक्ति गरिएको दाबी गर्दै कारबाहीका लागि अवहेलना निवेदनमा माग गरिएको छ।
काठमाडौं, वैशाख ५ : गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अदालतको अवहेलना गरेको आरोपसहित सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
सरकारलाई कामचलाउ भन्दै दीर्घकालीन प्रकृृतिका कार्य नगर्न आदेश दिएको अवस्थामा कार्यकारी अधिकार प्रयोग गरि नियुक्ति गरिएको दाबी गर्दै कारबाहीका लागि अवहेलना निवेदनमा माग गरिएको छ। पाण्डेले गण्डकी सरकार र मुख्यमन्त्रीविरुद्ध गत चैत २८ गते भिन्नै रिट दिएका थिए।
उक्त रिटमा सर्वोच्चले वैशाख १० गतेलाई पेसी तोकेको छ। सर्वोच्चको पेसी अगावै विश्वासको मत लिने तयारीमा अधिकारी छन्।
सर्वोच्चको आदेशमा दीर्घकालीन महत्वका निर्णयहरू नगर्न आदेश दिए पनि मुख्यमन्त्रीले महान्यायाधिवक्ता र योजना आयोगका उपाध्यक्ष नियुक्त गरेको भनाई पाण्डेको छ।
प्रकाशित मिति: १२:५० बजे, बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












