मनिताले एसियन जुडोमा खेल्ने
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राम्रो प्रदर्शनका लागि शुभकामना दिँदै बुधबार सातदोबाटोमा आयोजित कार्यक्रममा नेपाली टिमलाई बिदाइ गरे।(14)-1713337400.jpeg)
काठमाडौं, वैशाख ५ : नेपालकी मनिता श्रेष्ठले हङकङमा आयोजना हुने एसियन जुडो च्याम्पिनयसीपमा प्रतिष्पर्धा गर्ने भएकी छिन् । प्रतियोगिता अप्रिल २० देखि २४ सम्म हुनेछ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राम्रो प्रदर्शनका लागि शुभकामना दिँदै बुधबार सातदोबाटोमा आयोजित कार्यक्रममा नेपाली टिमलाई बिदाइ गरे।
त्यस अवसरमा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यको पनि सहभागिता थियो । नेपाली टिममा प्रशिक्षक देवु थापा रहेकी छिन् भने व्यवस्थापकमा सुप्रशिद्ध ताम्राकार छन्।
मनिताले महिला ५७ केजीमुनिको तौल समूहमा प्रतिष्र्धा गर्नेछिन्। उनी ओलम्पिक स्कलरसिप प्राप्त खेलाडी हुन्।
प्रकाशित मिति: १२:४८ बजे, बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










