Kathmandu Press

‘होस्टेल–३’ सशान कँडेलले निर्देशन गर्ने

म्यूजिक भिडियो निर्देशनमा स्थापित सशान कँडेलले निर्देशन गर्ने ‘होस्टेल–३’ को कथा सशानकै हो भने पटकथा माधव शर्माले लेखेका छन्।
‘होस्टेल–३’ सशान कँडेलले निर्देशन गर्ने

काठमाडौं, वैशाख ५ : फिल्म ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल–३’को घोषणा गरिएको छ। म्यूजिक भिडियो निर्देशनमा स्थापित सशान कँडेलले निर्देशन गर्ने ‘होस्टेल–३’ को कथा सशानकै हो भने पटकथा माधव शर्माले लेखेका छन्।

यसअघिका दुई फिल्म ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को निर्माण सुनील रावलले गरेका थिए। निर्माता रावल यतिबेला अमेरिकामा छन्। निर्माता रावलले ‘होस्टेल ३’मा आफू पनि महत्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई फिल्म बनाउन अनुमति दिएका छन्।

Hardik ivf

निर्माता रावलले २०७६ सालमा आफ्नै निर्देशनमा फिल्म ‘होस्टेल ब्याक अगेन’ बनाउने तयारी गरे पनि हालसम्म उक्त फिल्म बन्न सकेको छैन।
सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ’होस्टेल ३’ बनाउनेछ । फिल्ममा शिशिर ज्ञवाली निर्माता, शंकर कोइराला कार्यकारी निर्माता र सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माता हुनेछन्।

वि.सं. २०७० सालमा रिलिज भएको फिल्ममा ‘होस्टेल’मा हेमराज बिसी र २०७२ मा रिलिज ‘होस्टेल रिटन्र्स’ सुरज भुषालले निर्देशन गरेका थिए । ‘टीनएज ड्रामा’मा आधारित यी दुवै फिल्म बक्सअफिसमा हिट भएका थिए। ‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए।
‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी र ‘होस्टेल रिटन्र्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, सुशील सिटौलालगायतका कलाकारले अभिनेता तथा अभिनेत्रीका रुपमा ‘डेब्यू’ गरेका थिए।

निर्देशक कँडेलले निर्देशन गरेको पुष्पन प्रधानको ‘बाबुको जुङो’, राजेश राईको ‘तोडियो तोडियो’, प्रमोद खरेलको ‘अन्त माया’, ‘आफू दुःखी बनेर’ गीतको भिडियो चर्चित छन् । कँडेलकै स्वर रहेको ‘एक दिन त जाने हो संसार छोडेर’ रुचाइएको गीतमा पर्छ।

यसै वर्षको अन्त्यमा रिलिज गर्ने तयारी रहेको फिल्मको कलाकार र प्राविधिक चाँडै फाइनल गरिने निर्देशक कँडेलले बताए।

प्रकाशित मिति: ११:१४ बजे, बुधबार, वैशाख ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्