Kathmandu Press

युवा अभियान्ता बानियाँ ‘ग्लोबल लिडरशिप अवार्ड २०२४’ बाट सम्मानित 

सन् २०२४ अप्रिल १३ देखि १६ मा थाइल्यान्डको राजधानी बैँककमा ग्लोबल युथ पार्लियामेन्टले संचालन गरेको ‘ग्लोबल युथ एचिभर समिट एण्ड अवार्ड २०२४’ मा युवाका क्षेत्रमा लामो समय योगदान पुर्‍याएबापत ‘ग्लोबल लिडरशिप अवार्ड २०२४’ बाट सम्मानित भएका हुन् । 
युवा अभियान्ता बानियाँ ‘ग्लोबल लिडरशिप अवार्ड २०२४’ बाट सम्मानित 

काठमाडौं, वैशाख ५ : युवा तथा सामाजिक अभियान्ता सरोज बाँनिया ‘ग्लोबल लिडरशिप अवार्ड २०२४’ बाट सम्मानित भएका छन् । 

सन् २०२४ अप्रिल १३ देखि १६ मा थाइल्यान्डको राजधानी बैँककमा ग्लोबल युथ पार्लियामेन्टले संचालन गरेको ‘ग्लोबल युथ एचिभर समिट एण्ड अवार्ड २०२४’ मा युवाका क्षेत्रमा लामो समय योगदान पुर्‍याएबापत ‘ग्लोबल लिडरशिप अवार्ड २०२४’ बाट सम्मानित भएका हुन् । 

Hardik ivf

थाईल्याण्डका सांसद माननीय सुपाकोन ताङ्तीफाई बुन्तान र ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले नेपालका बाँनिया सहित विभिन्न देशका युवाहरुलाई अवार्ड प्रदान गरेका थिए । 

नेपाल युवा परिषदका संस्थापक एवं अध्यक्ष समेत रहेका बाँनिया विगत १५ वर्षदेखि अनवरत नेपालका ७७ वटै जिल्लाका युवाहरुमा उद्यमशीलता, नेतृत्व क्षमता, शिपमुलक कार्य, सूचना प्रविधि क्षेत्र लगायतका विकासका क्षेत्रहरूमा दिगो विकासको परिकल्पना सहित उत्प्रेरणात्मक तालिम एवं कार्यक्रम संचालन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: ०८:५४ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्