Kathmandu Press

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली

‘नयाँ समीकरण बनाउनै पर्थ्यो, बनायौं। धेरैले अर्थ मन्त्रालय छाडिदियो, गृह मन्त्रालय पनि छाडिदियो भने । कुन मन्त्रालय लियो र कुन लिएन भन्ने महत्वको विषय होइन, हाम्रो सरकार छ भन्ने कुरा महत्वपूर्ण हो, अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो।’
सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली
फाइल तस्बिर।

झापा, वैशाख ४ : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताएका छन्।

झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा देशभक्त राजनीतिक शक्तिहरुको समीकरण बनेको हुँदा यसलाई टिकाएर लैजान आफ्नो पार्टी प्रतिबद्धता रहेको बताए।

Hardik ivf

‘हामीले पुरानो गठबन्धन भत्काउनै पथ्र्यो, भत्कायौं,’ अध्यक्ष ओलीले भने, ‘नयाँ समीकरण बनाउनै पर्थ्यो, बनायौं। धेरैले अर्थ मन्त्रालय छाडिदियो, गृह मन्त्रालय पनि छाडिदियो भने । कुन मन्त्रालय लियो र कुन लिएन भन्ने महत्वको विषय होइन, हाम्रो सरकार छ भन्ने कुरा महत्वपूर्ण हो, अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो।’

उनले देशभक्तहरुको समीकरण भत्काउनका लागि विभिन्न शक्तिहरुले निरन्तर षड्यन्त्र गरिरहेको दावी गरे। लामो राजनीतिक अनुभव र जिम्मेवार अभिभावक शक्तिको कारण एमालेले अहिलेको सत्ता समीकरणलाई देश र जनताको हितमा अघि बढाउने उनको भनाइ छ।  

अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले साहसिक निर्णय लिएको बताए।

एमालेले घोषणा गरेको ‘मिसन–८४’ राजनीतिक सुझबुझपूर्ण गन्तव्य भएको जनाउँदै ओली देश र जनताको हितका लागि पार्टीले चुनावमा विजय हासिल गर्न जरुरी भएको उल्लेख गरे।

प्रकाशित मिति: २१:०७ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्