Kathmandu Press

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपका दुवै जनाको दाबी अस्वीकृत, सरकार गठनका लागि २ दिन समय थप

दुवै दाबी अस्वीकृत भएसँगै प्रदेश प्रमुख मियाले नयाँ सरकार गठनका लागि पुनः २ दिन समय दिएका हुन्। प्रदेश प्रमुखले समय दिएर दाबी पेश गर्न पुनः दलहरूलाई आह्वान गरेका छन्।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपका दुवै जनाको दाबी अस्वीकृत, सरकार गठनका लागि २ दिन समय थप

काठमाडौं, वैशाख ४ : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मियाँले मुख्यमन्त्रीका लागि परेका दाबीलाई अस्वीकृत गरेका छन् ।

मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी निकट लक्ष्मणकिशोर चौधरी र एमाले र माओवादी केन्द्रको समर्थनमा नाउपाकै रञ्जिता चौधरी श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। तर, प्रदेश प्रमुखले दुवैको दाबीलाई अस्वकिृत गरेका छन्।

Hardik ivf

दुवै दाबी अस्वीकृत भएसँगै प्रदेश प्रमुख मियाले नयाँ सरकार गठनका लागि पुनः २ दिन समय दिएका हुन्। प्रदेश प्रमुखले समय दिएर दाबी पेश गर्न पुनः दलहरूलाई आह्वान गरेका छन्।

संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्