Kathmandu Press

ठगीमा मुछिएका रविलाई खोज्न संसदीय छानबिन : गगन थापा

सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानमा सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रतिवादी नबनाएका संसदीय छानबिनको आवश्यक रहेको पनि बताए।
ठगीमा मुछिएका रविलाई खोज्न संसदीय छानबिन : गगन थापा

कञ्चनपुर, वैशाख ४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा जोडिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक रहेको बताएका छन्।

थापाले बुटवलको सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानमा सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रतिवादी नबनाएका संसदीय छानबिनको आवश्यक रहेको पनि बताए। थापाले मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा यस्तो भनाई राखेका हुन्।

Hardik ivf

‘सरकारी वकिललाई प्रतिवेदन बुझाएको प्रहरीले सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा थाहा नभएकाले मैले प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिन भन्यो,’ उनले भने, ‘सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा छुट्याउन सकिनँ भनेर प्रहरीले भनिसकेपछि त्यो खोज्नुप¥यो कि परेन? त्यो हामीले नखोजे कसले खोज्छ त?’

भ्रष्टाचारको सन्दर्भमा कांग्रेस गम्भीर रहेको उनले बताउ। उनले भने, ‘हामी आफ्नो पार्टीको, अर्को पार्टीको भन्दैनौं, कानुनको शासनको सन्दर्भमा हामी प्रस्ट छौं, कानुनभन्दा माथि कोही पनि हुँदैन,’ उनले भने।

थापाले कोही पनि व्यक्ति कानुनमाथि नहुने बताउँदै सत्यलाई स्थापित गर्नुपर्ने पनि बताए।

प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्