लक डाउनले प्रतिनिधिसभा बैठक १० दिनपछि सर्यो
काठमाडौं, चैत १३ : बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ।
बिहीबार (भोलि) दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनि....

काठमाडौं, चैत १३ : बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ।
बिहीबार (भोलि) दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक १० दिनपछि सारिएको हो। कोभिड-१९ भाइरसको स्म्भावित सक्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको कारण बैठक सभामुख अग्निप्रसाद सापकोटाले बुधबार १० दिनपछि बस्ने गरी तय गरेका हुन्।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख सापकोटाले अर्को बैठक चैत २३ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए।
यसअघि चैत ६ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो।











