Kathmandu Press

सुदूरपश्चिम सरकारको नेतृत्व नेकपा एसले पाउनुपर्छ : सोमप्रसाद पाण्डे

रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पाण्डेले सुदूरपश्चिममा पनि केन्द्रकै गठबन्धन कायम रहने र प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने यसअघि भएको भद्र सहमति लागु हुने बताए।
सुदूरपश्चिम सरकारको नेतृत्व नेकपा एसले पाउनुपर्छ : सोमप्रसाद पाण्डे

काठमाडाैं, वैशाख ४ : नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने बताएका छन्।

रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पाण्डेले सुदूरपश्चिममा पनि केन्द्रकै गठबन्धन कायम रहने र प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने यसअघि भएको भद्र सहमति लागु हुने बताए।

Hardik ivf

उनले अहिलेको सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरे। सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउने भद्र सहमति हुँदा पनि त्यो कार्यान्वयनमा आनाकानी भएपछि अहिलेको परिस्थिति उत्पन्न भएको उनले बताए।

तर आजबाट नयाँ परिस्थितिको निर्माण भएकोले अब गठबन्धनमा समस्या नहुने उनको भनाइ छ। उनले सुदूरपश्चिममा सरकार गठनमा आफ्नो दलको भूमिकालाई लिएर अध्यक्ष माधव नेपालमाथि शंका नगर्न पनि आग्रह गरे।

यस्तै एमाले नेता आनन्द पोखरेलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको सवालमा माधव नेपालको दलले कांग्रेससम्मिलित नयाँ गठबन्धनलाई सघाएको विषयमा आपत्ति जनाए। गठबन्धनको रक्षा गर्नुपर्ने भन्दै उनले राजनीतिमा च्याँखे थाप्ने काम गर्न नहुने बताए। उनले संसदमा धेरै दलको प्रतिनिधित्व भएकाले राजनीतिक अस्थिरता निम्तिएको टिप्पणी गरे।

त्यस्तै पोखरेलले गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा मिडियामा तथ्यसहित समाचार आएको भन्दै तत्काल आफ्नोबारे स्पष्टीकरण दिनुपर्ने सुझाव दिए। उनले  सहकारी ठगी प्रकरण जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा आउनुपर्ने टिप्पणी गरे।

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्