Kathmandu Press

राजनीतिमा लागेका शिक्षक पहिचान गर्न निर्वाचन आयोगसँग शिक्षामन्त्री श्रेष्ठले मागिन् सहयोग

उनी राजनीतिक दलमा शिक्षककाे आबद्धता हटाउने अभियानमा लागेकी छन्। यसक्रममा उनले राजनीतिमा लागेका शिक्षककाे  पहिचानका लागि निर्वाचन आयोगको सहयोग मागेकी छन्।
राजनीतिमा लागेका शिक्षक पहिचान गर्न निर्वाचन आयोगसँग शिक्षामन्त्री श्रेष्ठले मागिन् सहयोग

काठमाडौं, चैत ४ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ मन्त्रालयकाे जिम्मेवारी लिएर आएलगत्तै शिक्षा क्षेत्रलाई  राजनीतिक हस्तक्षेपमुक्त बनाउने अभियानमा लागेकी छन्।

उनी राजनीतिक दलमा शिक्षककाे आबद्धता हटाउने अभियानमा लागेकी छन्। यसक्रममा उनले राजनीतिमा लागेका शिक्षककाे  पहिचानका लागि निर्वाचन आयोगको सहयोग मागेकी छन्।

Hardik ivf

यसका लागि उनले मंगलबार शिक्षा मन्त्रालयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग सहयाेग मागेकी हुन्। उनले शिक्षक, कर्मचारी, प्राध्यापकहरुको राजनीतिक आबद्धता पहिचानमा सहयोग गर्न थपलियासँग आग्रह गरेकी छन्। थपलियाले विद्यमान कानुन, अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न समस्या नरहेको बताएकाे जनाइएकाे छ।

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएको र प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकाले ती कानुन कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको जनाइएको छ। 

मन्त्री श्रेष्ठको सचिवालयका अनुसार विगतमा निर्वाचन आयोगले त्यस्ताे निर्णय नै गरेको हुँदा कानुन कार्यान्वयनमा आयोगको सहयोग रहने विश्वास थपलियाले दिलाएका थिए।

प्रकाशित मिति: १६:०४ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्