Kathmandu Press

मृतक डाँगीलाई सहिद घोषणा नगरे कडा सडक अन्दोलन गर्ने राप्रपाकाे चेतावनी

रफत सञ्चार क्लबमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै शाहले मृतकलाई सहिद घोषण नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताए।
मृतक डाँगीलाई सहिद घोषणा नगरे कडा सडक अन्दोलन गर्ने राप्रपाकाे चेतावनी

काठमाडाैं, वैशाख ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले अन्दोलनको क्रममा मृतक ठाकूर प्रसाद डाँगीलाई सरकारले सहिद घोषणा नगरे राप्रपाले कडा सडक अन्दोलन गर्ने चेतावनी दिएका छन्।

रफत सञ्चार क्लबमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै शाहले मृतकलाई सहिद घोषण नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताए।

Hardik ivf

सरकारका गृहमन्त्रीले शान्तीपूर्ण रुपमा परिचालन गरिएको अन्दोलनमा गरेको दमन नेपालकै इतिहासमा अक्ष्मय रहेको बताउँदै शाहले भने अन्दोलनमा गरिएको दमन निन्दनीय रहेको धारणा राखे। उनले राप्रपाको वैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप अन्दोलनको घोषणा गर्ने जानकारी दिए।

गणतन्त्र असफल भइसकेको जीकिर गर्दैँ शाहले राष्ट्रपतिको स्थानमा राजातन्त्र नभई राजसंस्था स्थापन गर्ने राप्रपाको मूल एजेन्डा भएको बताए।

प्रकाशित मिति: १५:३१ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्