Kathmandu Press

मधेस प्रदेश सभामा जनमत पार्टीको अवरोध

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयाेजनका लागि बोलाइएको बैठक सभामुखले सुरू गरेलगत्तै जनमत पार्टीका सांसदहरुले सरकारले गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने माग राखेका थिए।
मधेस प्रदेश सभामा जनमत पार्टीको अवरोध

काठमाडौं, वैशाख ४ : मधेस प्रदेश सभामा जनमत पार्टीले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगित भएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयाेजनका लागि बोलाइएको बैठक सभामुखले सुरू गरेलगत्तै जनमत पार्टीका सांसदहरुले सरकारले गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने माग राखेका थिए।

Hardik ivf

गत माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको बिषयमा सरकारले गरेको प्रतिबद्धता पूरा नभएको प्रश्न जनमत पार्टीका सांसदले उठाएका छन्।

मधेश प्रदेशका मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत आक्रमण घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको थियो।

फागुन ६ गते यादवमाथि आक्रमण भएको थियो। उक्त माग पूरा नभएसम्म बैठक बस्न नदिने चेतावनी जनमत पार्टीले दिएको छ।

प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्