Kathmandu Press

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतिले अनुमोदित

महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरिएको हो। महालेखापरिक्षकमा प्रस्तावित रायाले सुनुवाई समितिमा कार्ययोजना प्रस्तुत गर्दै बेरुजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतिले अनुमोदित

काठमाडौं, वैशाख ४ : संसदीय सुनुवाइ समितिले मंगलबार महालेखापरीक्षकमा तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको  ।

महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरिएको हो। महालेखापरिक्षकमा प्रस्तावित रायाले सुनुवाई समितिमा कार्ययोजना प्रस्तुत गर्दै बेरुजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Hardik ivf

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गरेका थियो। 

प्राप्त उजुरी र सूचनाका आधारमा संसदीय सुनुवाइपछि रायालाई नियुक्तिका लागि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति पशुपतिशम्भेर जवराले जानकारी दिए।

त्यसअघि संसदीय सुनुवाईका क्रममा रायाले भावी कार्ययोजनाका बारेमा समितिमा जानकारी गराएका थिए। उनले लेखापरिक्षणबाट औल्याएका विषयहरुलाई एकरुपता ल्याउनुपर्ने, सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए।

समयमा नै लेखा परीक्षण हुन नसकेका निकायहरुलाई तत्काल लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने उनले बताए। उनले बेरुजुको विषयमा प्रदेशहरुसँग छलफल गर्न देखिएका समस्या समाधान गर्नुपर्ने औल्याए।

जेष्ठमा टंकमणि शर्मा दंगालको कार्यकाल सकिएपछि महालेखापरीक्षकको पद लामो समयदेखि रिक्त रहँदै आएको थियो। 

प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्