Kathmandu Press

तोलामा १७०० रूपैयाँले बढ्यो सुनको मूल्य

लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
तोलामा १७०० रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ, वैशाख ४ : स्थानीय बजारमा पहेँलो धातु (सुन) को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ।

लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सात सयले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ।

तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला रु. एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ।

प्रकाशित मिति: ११:५८ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्