Kathmandu Press

प्रधानमन्त्री दाहाल र झलनाथ खनालबीच भेट

भेटमा खनालले सुदूरपश्चिममा पहिलो चरणमै आफूहरुलाई मुख्यमन्त्री दिनुपर्ने बताएका छन्। उनले त्यसो नभए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएको बालुवाटार स्रोतले बतायो।
प्रधानमन्त्री दाहाल र झलनाथ खनालबीच भेट

काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका सम्मानित नेता झनलाथ खनालबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री दाहाल र खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा वार्ता भएको हो।

Hardik ivf

एकीकृत समाजवादी सदूरपश्चिममा कांग्रेससहितको गठबन्धनमा सामेल भएपछि सत्तागठबन्धनभित्र हलचल पैदा भएको छ। दुई नेताबीच यही विषयमा छलफल भएको बताइएको छ।

भेटमा खनालले सुदूरपश्चिममा पहिलो चरणमै आफूहरुलाई मुख्यमन्त्री दिनुपर्ने बताएका छन्। उनले त्यसो नभए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएको बालुवाटार स्रोतले बतायो।

गठबन्धनको सँस्कृति र मर्मअनुसार अघि बढ्न आग्रह गर्दै झलनाथले ‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने कुराले हेपिएको महसुस भएको बताएका थिए।

जवाफमा प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले समस्या सिर्जना गरेको बताउँदै समाजवादीलाई चिढ्याउने मनसाय नभएको बताएका थिए। प्रधानमन्त्री दाहालले उनले समस्या समाधानका लागि आफू क्रियाशील रहेको बताएका थिए।

प्रकाशित मिति: १०:३२ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्