Kathmandu Press

ढकाल र जोशी एआइजी बढुवाका लागि सिफारिस, अर्याल र गुरूङ डिआइजी

एआइजीद्धय मिरा चौधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाँदैछन् । भण्डारी मंगलबार र चौधरी वैशाख ६ गतेबाट अवकाशमा जाने तयारीमा छन् । सोही रिक्त पदमा प्रहरी प्रधान कार्यालयले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो । 
ढकाल र जोशी एआइजी बढुवाका लागि सिफारिस, अर्याल र गुरूङ डिआइजी

काठमाडौं, वैशाख ४ : नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले डिआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो । 

एआइजीद्धय मिरा चौधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाँदैछन् । भण्डारी मंगलबार र चौधरी वैशाख ६ गतेबाट अवकाशमा जाने तयारीमा छन् । सोही रिक्त पदमा प्रहरी प्रधान कार्यालयले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो । 

Hardik ivf

त्यस्तै, प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन् । 

मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो । अर्याल प्रहरीका साइबर विज्ञ समेत हुन् । हाल उनी साइबर ब्युरोका प्रमुख समेत हुन् । 
 

प्रकाशित मिति: ०८:३८ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्